सर्वाधिक लक्ष्य पछ्याउँदै विराटनगरको पहिलो जित, लोकेश बने ‘हिरो’-Sutra News

सर्वाधिक लक्ष्य पछ्याउँदै विराटनगरको पहिलो जित, लोकेश बने ‘हिरो’

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले आफ्नो पहिलो जित निकालेको छ । जारी प्रतियोगितामा सर्वाधिक लक्ष्य पछ्याएको विराटनगरले लुम्बिनी लायन्सलाई दुई विकेटले हराएको हो ।



खेलको अन्त्यमा स्कटल्यान्डका क्रिस सोल नायक बने । नवौं विकेटका रुपमा क्रिजमा आएका उनले ४ बलमा १४ रन बनाउँदै जित दिलाए । उनले विवेक यादवलाई एक छक्का र दुई चौका हाने ।

यसअघि टोलीका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बलमा तीन चौका र ६ छक्का प्रहार गरेका थिए ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले कीर्तिमानी लक्ष्य पेश गरेको थियो । जसमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य पाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रन बनाएको हो ।

यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगरलाई १८२ रनको लक्ष्य दिएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए ।

विराटनगरले खराब बलिङ गर्दा २९ रन अतिरिक्त दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट