काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई १३९ रनको लक्ष्य पेश गरेको छ ।
पोखराले सात विकेटको क्षतिमा २० ओभर खेल्दै १३८ रन बनाएको हो । खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५ रनको योगदान गरे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो । जारी एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुरले जित निकालेको थियो ।
एनपीएलमा पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।