लगातार दोस्रो दिन पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?-Sutra News

लगातार दोस्रो दिन पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

बिहिबार, २० मंसिर २०८१

बिहिबार, २० मंसिर २०८१

काठमाडौँ । लगातार दुई दिन गिरावट भएको सुनको मूल्य मंगलबारदेखि निरन्तर बढ्दै आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।



योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन स्थानीय बजारमा प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार