काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । पोखरा एभेन्जर्स जनकपुर बोल्टससँग तीन विकेटले पराजित भएको हो ।
पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा तीन विकेटको खेल आफ्नो पक्षमा पारेको हो ।
यसअघि पोखराले सात विकेटको क्षतिमा २० ओभर खेल्दै १३८ रन बनाएको थियो । खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५ रन बनाएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको थियो । जारी एनपीएलमा जनकपुरको यो तेस्रो जित हो ।
एनपीएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।