मङ्सिर २७ गते त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन-Sutra News

मङ्सिर २७ गते त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन

बिहिबार, २० मंसिर २०८१

बिहिबार, २० मंसिर २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर २७ गते नीति अधिवेशन बोलाएको छ । त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ ।



त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा समेत छलफल हुनेछ । त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ । सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए । उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट