काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोखराले जनकपुरविरूद्धको खेलमा सोचेअनुसारको ब्याटिङ गर्न नसकेको कप्तान कुशल भुर्तेलको भनाइ छ।
चितवन राइनोजविरूद्धको पहिलो खेलमा ८७ रनले पराजित भएको पोखरा बिहीबार जनकपुरसँग ७ विकेटले हारेको हो । भुर्तेल भन्छन्, ‘त्रिवि मैदानमा पहिलेदेखि खेलिरहेको भएर पहिलो इनिङ्ग्सको आधा घन्टा बाउन्सलाई सहयोग गर्छ भन्ने थाहा छ,’ ‘टस हार जित एक ठाउँमा छ। हाम्रो लगि आज २०,२५ रन कम भयो।’
जनकपुरविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो। खेलको सुरूमा टिक्ने र पछि रन लिने योजनामा पोखरा सफल नभएको भुर्तेलले सुनाए। उनले पोखराको याजना नै पछि रन हान्ने रहेको भन्दै अन्त्यमा राम्रो ब्याटिङ गर्न नसकेको बताँछन् । पोखराले अन्तिम ओभरमा १ विकेट गुमाउँदा ३ रन मात्र जोड्न सकेको थियो।
६ जना विदेशी खेलाडी रहेको पोखरामा डच अलराउन्डर बास डि लिडे घाइते भएका कारण आजको खेलमा नखेलाएको उनले बताए। उनले टोलीमा युवा खेलाडी भएको र उनीहरूले अनुभवी खेलाडीबाट सिक्ने मौका पाएको बताए। उनले अब बाँकी रहेका पाँच खेलमा राम्रो गर्ने बताउँदै कम्तीमा चार खेल जिते प्लेअफ पुग्न सकिने विश्वास व्यक्त गरे।पुलिसबाट पनि राम्रो गरिरहेको हुन्छ।’