‘ह्रस्व दीर्घ’ले गर्यो १० करोड ६० लाख ग्रस कलेक्सन-Sutra News

‘ह्रस्व दीर्घ’ले गर्यो १० करोड ६० लाख ग्रस कलेक्सन

बिहिबार, २० मंसिर २०८१

बिहिबार, २० मंसिर २०८१

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ ले १० करोड ६० लाख कमाइ गरेको छ। कात्तिक ३० गते रिलिज भएको यस फिल्मले १९ दिनमा नेपालभर १० करोड ६० लाख ग्रस कलेक्सन गरेको हो।



फिल्मकी निर्मात्री नीता ढुंगानाले फिल्मको कलेक्सनबारे जानकारी दिइन्। चन्द्र पन्त निर्देशित यो फिल्म ‘पूर्णबहादुरको सारंगी’को दबदबाबीच रिलिज भएको थियो। हरिहर अधिकारीको कथा रहेको फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।

६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो। यो तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट