काठमाडौं । मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा गोरखा नगरपालिका–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी सहित डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टी सहित ६ दलको जमानत जफत भएको छ ।
मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार माओवादी केन्द्र नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका ६ दलको जमानत जफत भएको हो ।
भर्खरै मात्र उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सहित ६ दलको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेसपा नयाँशक्ति पाटी, मङ्गोल नेशनल अर्गाइनेजशन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक पार्टी र राप्रपा नेपालको जमानत जफत भएको हो ।
भर्खरै मात्र सम्पन्न भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका मङ्गल थापा, ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमला रानाले १२ मत, डा बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा नयाँशक्ति पार्टीका रुपेश मग्रतीले १० मत, मङ्गोल नेशनल अर्गाइनेशन पार्टीका भगवती थापा मगरले ९ मत, राप्रपा नेपालका रुपसिंह रानाले ५ मत र नेशनल रिपब्लिक पार्टीका सबिना तामाङले ४ पाएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार खसेको मतको १० प्रतिशत ल्याउन नसकेका ६ दलको जमानत जफत भएको हो । गोरखा नगरपालिका–५ मा २ हजार २ सय २५ जना मतदाता मध्ये १ हजार ३ सय ७३ जनाले मतदान गरेका थिए ।
उपनिर्वाचनमा विजयी भएका नेकपा माओवादी केन्द्रका विष्णु राना मगरले ४ सय ८६ मत पाएका थिए भने नेपाली काँग्रेसका भाईकाजी आलेले ४ सय २ मत र नेकपा एमालेका दुर्गा रानाले ३ सय ४५ मत पाएका थिए ।
खसेको कुल मतमध्ये १८ मत भएको थियो । उपनिर्वाचनमा ९ दल सहभागिता जनाएका मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाको भनाइ छ ।