काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अग्रगमनको लागि संविधान संशोधन गर्न माओवादी तयार रहेको बताए। उनले संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि मिलेको बताएपनि अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै विषयमा छलफल नभएको बताए ।
माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको भन्दै प्राप्त भइरहेका अधिकार कटौती गर्ने पक्षमा नरहेको स्पष्ट पारे।