काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं विदेश विभाग प्रमुख शिशिर खनालले परराष्ट्र नीतिलाई दलीयकरणको जालोमा लैजान खोजेको कुरा प्रधानमन्त्री ओलीको चीन भ्रमण अघिका गतिविधिले देखाएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले परराष्ट्र मन्त्रालयको औपचारिक संयन्त्रहरू बलियो बन्नुको सट्टा दुई दलीय संयन्त्रहरुबाट परराष्ट्रनीति कस्तो हुने, के डकुमेण्टमा हस्ताक्षर गर्ने काम भएको भन्दै आपत्ति समेत जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘परराष्ट्र नीतिलाई पनि अलिकति बढी दलीयकरणको जालोमा लैजान खोजेको जस्तो देखिन्छ । परराष्ट्र मन्त्रालयको औपचारिक संयन्त्रहरू बलियो बन्नुको सट्टा दुई दलीय संयन्त्रहरूबाट हामीलाई चाहिने परराष्ट्रनीति कस्तो हुने, के डकुमेन्ट साइन गर्ने भन्ने आउट साइट अफ फरेन मिनिस्ट्रि पोर्टफोलियो बाहिर बसेर बन्यो र त्यसलाई पछि परराष्ट्र मन्त्रालयले इन्डोर्स मात्रै गरेको जस्तो देखियो,’ खनालले भने ।