काठमाडौं । सानिमा बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल ब्लोदान र कान्तिपुर अस्पताल, तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
मङ्सिर २१ गते बिहीबार बिहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरे ।
सानिमा बैकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरूबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।