सरकारले नाटकीय शैलीमा बीआरआई सम्झौँतामा हस्ताक्षर गर्यो- पूर्वप्रधानमन्त्री खनाल-Sutra News

सरकारले नाटकीय शैलीमा बीआरआई सम्झौँतामा हस्ताक्षर गर्यो- पूर्वप्रधानमन्त्री खनाल

शनिबार, २२ मंसिर २०८१

शनिबार, २२ मंसिर २०८१

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा सरकारले नाटकीय शैलीमा हस्ताक्षर गरेको बताएका छन् ।



चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता खनालले उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भएपनि त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गरेका हुन्।

उनले बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पुर्‍याउन नसकेको टिप्पणी गरे। बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको बताए। छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने उनको भनाई छ।

उनले बीआरआई नेपालको हितमा रहेको दोहोर्‍याए। खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट