काठमाडौँ । नेपाली बजारमा अन्तिम साता सुनको मूल्यमा सामान्य गिरावट भएको छ । अघिल्लो साताको शुक्रबारको तुलनामा यो साता नेपाली बजारमा सुनको मूल्य घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साताको अन्तिम कारोबारको दिन (शुक्रबार)सम्म सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । योसँगै शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि अघिल्लो शुक्रबार (मंसिर १४ गते) सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, स्थानीय बजारमा चाँदीको मूल्य भने बढेको छ । अघिल्लो साताको शुक्रबार एक हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी पछिल्लो शुक्रबार एक हजार ८९० रुपैयाँमा कारोबार भएको हो । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २६४२.२ डलर कायम भएको छ ।