धनगढीका मेयर गोपी हमाललाई मस्तिष्क घात-Sutra News

धनगढीका मेयर गोपी हमाललाई मस्तिष्क घात

शनिबार, २२ मंसिर २०८१

शनिबार, २२ मंसिर २०८१

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ ।



मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभएपछि आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको बताए । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट