झलनाथ खनालले भने- बीआरआईको सम्झौतामा सरकारले ध्यान दिएन-Sutra News

झलनाथ खनालले भने- बीआरआईको सम्झौतामा सरकारले ध्यान दिएन

शनिबार, २२ मंसिर २०८१

शनिबार, २२ मंसिर २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले प्रयाप्त ध्यान नदिएको बताएका छन् ।



चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकारसँगै पूर्वप्रधानमन्त्री खनालले बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नु पर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले हस्ताक्षर गरेको बताए ।

उनले बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नै पर्ने भए पनि त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गरे । उनले अन्ततः बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरे ।

छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्ने उनको भनाइ थियो । उनले बीआरआई नेपालको हितमा रहेको बताए ।

खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नु परेको भन्दै पारावहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनु पर्ने जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट