‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन बन्द गर्ने निर्णय-Sutra News

‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन बन्द गर्ने निर्णय

शनिबार, २२ मंसिर २०८१

शनिबार, २२ मंसिर २०८१

काठमाडौं । नेपालमा रेकर्ड ब्रेकिङ कलेक्सन गरिसकेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारबाट प्रदर्शन नहुने भएको छ । निर्माणपक्षले विज्ञप्ति जारी गर्दै सोमबारबाट नेपालभरका हलबाट चलचित्र उतार्ने निर्णय गरेको हो ।



हलहरूले नजरअन्दाज गरेको भन्दै सेभेन सिस सिनेमाले हलबाट सिनेमा उतार्ने बताएको छ । चलचित्र कात्तिक १५ गते रिलिज भएको थियो ।

दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएकोप्रति विज्ञप्तिमा संकेत गरिएको छ ।

विज्ञप्तिमा स्पष्ट नखुलाए पनि ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा भने हिन्दी सिनेमा आएपछि आफ्नो चलचित्रलाई हल नदिइएको र दिएका हलको सिट क्षमता पनि न्यून रहेको बताएका छन् ।

निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् :

हिजो जस्तो लाग्छ कार्तिक १५ गते को दिन लक्ष्मीपुजामा हाम्रो चलचित्र पूर्ण बहादुरको सारंगी प्रदर्शन भएको। हाम्रो चलचित्र लाई नगन्य शो झै पायौ अझ २ वटा ब्रान्डेड सिरिंजको हिन्दि चलचित्र आउदा त हाम्रो नेपाली चलचित्रलाई त यस्तो फिल्म चल्दैन भन्ने सोच रहेको कुरा जनाउछ जुन कुरालाई म नकारदिन सहि नै होला।

धेरै शो नदिनुहोला सुरुवातमा २-३ दिन पछि माउथ पब्लिसिटीले चल्छ भन्ने कुरा राखेका थियो र हाम्रो चलचित्रको शो चै बिहिवार जे शो आउछ शनिवार सम्म तेहि होस भन्ने कुरामा सहमत भयौ। हुन त शनिवार सो त घटाउनु भयो धेरै जसो हलबाट। यो थाहा पाएपछि मैले वितरकसंग कुरा गरे पहिले त सर ठुलो ठुलो हिन्दी फिल्म छ त्यसलाई नै दिन्छ हलले तर २-३ दिन पछि त हाम्रो शो बड्छ भन्ने कुरा आयो वितरक ज्यु बाट आएको कुराबाट हासो पनि उठ्यो तर लाचार नै भएर हुन्छ भन्नु बाहेक म संग अरु उपाय थिएन किनकि यो पहिलो चलचित्र थियो मेरो लागी।

तर आजको दिन फेरि त्यहि अवस्था मा पुगे अब त बोल्दा हुन्छ होला भन्ने आट आएर बितरक ज्युलाई कल गरे किन हामीलाई One Cinemas बानेश्वर ले जम्मा १ शो त्यो पनि ६७ capacity दिएको??हिन्दी फिल्म ३-४ दिन चल्ने हो सोमवार बाट दिन्छ भन्ने रेडिमेड उत्तर आयो हुनत मलाई यो उत्तरको आउछ भन्ने पहिलेनै थाहा थियो अनि फेरी सोधे यो हिन्दि फिल्म पछि पनि त चल्छ होला नि हैन र भनेर सोधे उत्तर फेरी आयो social contract को कुरा आयो तर मैले बुझिन मैले सिधै भने म मेरो फिल्म लगाउदिन त्यो सिनेमाघरमा भन्दा विनोद जि किन यस्तो गर्नुहुन्छ यार पैसा पनि कमाउनु भएको अर्को फिल्म बनाएर चलाउन गारो हुन्छ भन्ने कुरा आयो। मैले भने मलाई अन्याय भयो बरु म अर्को चलचित्र नबनाउला तर २-३ वटा अन्याय भएको हलबाट म मेरो फिल्म आइतवार बाट हटाउने कुरा लाई अगाड़ी बडाउदा बितरक ज्युले मिल्दैन भन्नु भयो सायद यहि होला social contract भनेको मेरो पनि पारो तातियो मेले पनि भने social contract त दुवै लाई लाग्छ होला नि कि निर्माता लाई मात्र लाग्ने हो???कि के हो भन्ने कुरामा उत्तर आएन ।

अब मलाई जन्न मन लागेको विदाको दिन को शो चै सबै जसो हिन्दिलाई दिने यो कतिको न्याय हो ??? के नेपाली फिल्म मा विश्वास छैन ??
हुन त सुनेको कुरा हो कति सत्य हो थाहा छैन तर हिन्दि चलचित्र ल्याउदा हलवाला हरु बाट पैसा उठाइन्छ रे अनि हलवाला ले पनि पैसा उठाउन विदाको दिन पेलेर शो राखेछि पछि नेपाली चलचित्रलाई त deal day (50% discount) मा शो दियो यो कुरिति छ रे 🤫

तेल भिषा र ह्रव दिर्घ लाई देउन १-१ सो बरु खुशी लाग्छ हटाइ देउ हाम्रो सो हरु at least मन लाई सान्तवना दिन त मिल्छ।
कहिले सम्म हामी नेपाली फिल्म मेकरले यो अन्याय सहनुपर्ने हो थाहा छैन !!!!
इतिहास रचेको फिल्मलाई त यो हालत छ कठै बर !!!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट