काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिन शल्यक्रिया भएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अपराह्न डिस्चार्ज भएको जानकारी दिए ।
यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचरमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेप्रति आभार व्यक्त गरे ।