काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पाएको विराटनगर निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १२६ रनमा सिमित बनेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।
कर्णालीका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रन बनाएका थिए ।
कर्णालीका पाँच ब्याटरले खाता खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए ।
अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले जम्मा पाँच रन बनाए । अन्य ब्याटर पनि आजको खेलमा चल्न सकेनन् ।
बिराटनगरका लागि प्रतीश जिशीले ह्याट्रिकसहित चार विकेट लिए । उनले खेलको २० औँ ओभर मेडन राख्दै चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले दसमान दुई विकेट लिँदा अकिब इलायसले एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभर खेल्दै जम्मा १२६ रन बनाएको हो ।