आज मिति २०८१ मंसिर २३ गते आइतबार । सन् २०२४ डिसेम्बर ८ तारिख । नेपाल सम्बत ११४५ थिंलाथ्व सप्तमि तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः
मेष
दीर्घ कालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । अनुकूलता वृद्धि भइ चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउने देखिन्छ । स्वादिष्ट भोजनमा मन रमाउला । आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना रहेकाले यसप्रति सचेत रही कर्म गर्नुहोला ।
बृष
आजको दिन केही चुनौती युक्त रहला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने सम्भावना छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनु पर्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । आज सक्दो मौनता अपनाइ दिन बिताउने प्रयत्न गर्नु हितकर हुनेछ । धर्मकर्ममा आकर्षण रहनेछ । रचनात्मक कामले सफलता दिलाउला ।
मिथुन
व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । नसोचेको ठाउँबाट धन लाभ हुने देखिन्छ, तर आजको दिन बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताउन सक्छ । बेसुरमा कसैलाई बचन दिनु आफ्नै लागि प्रतिकुल हुन सक्छ, सचेत रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । काममा अरुको भर नपर्नुहोला । शत्रुपक्ष परास्त हुने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट
कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने दिन छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ । आज धनलाभको सम्भावना प्रवल छ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । यात्रागत कार्य सार्थक रहला । साझेदारीको काम बन्नेछ । परिवारिक सुख वृद्धि होला । समग्रमा दिन रमाइलैसँग बित्ने देखिन्छ ।
सिंह
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने योग छ । विशेष योजनाहरू बन्ने छन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ । आज स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना रहेकाले खानपान लगायतका विशेष सजगता अपनाउनु हितकर हुनेछ । प्रेमभाव वृद्धिका साथै रसरागात्म क्रियाकलापतर्फ मन आकर्षित रहने देखिन्छ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या
बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुने योग छ । तथापि, असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पनि पर्न सक्छ । आम्दानीको स्रोत बिगार्नेहरू सक्रिय रहलान् । विशेष कर्मबाट सोचेभन्दा कम फाइदा मिल्ने देखिन्छ, धैर्यताका साथ कर्म गर्नु होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । निकटका मित्रजनको सहयोग मिल्नेछ ।
तुला
मिश्रित फलदायी दिन छ । ब्यस्तता बढ्ने छ । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र प्रतिस्पर्धी परास्त हुनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ, तथापि अवसरको सही उपयोग गर्न नसक्दा महत्वपूर्ण लाभको अवसर गुम्न सक्छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुने देखिन्छ । आरोग्यबल बढ्नेछ ।
बृश्चिक
अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि पराक्रम र उत्साह बढ्नेछ । धन आर्जन गर्ने अवसर जुर्न सक्छ, चनाखो रही व्यवहार गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ भने विदेश भ्रमणका लागि गरेको प्रयत्न फलदायी रहला । आफन्तको साथ सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त गर्नु हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु
आजको दिन काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । विशेष मेहनतले लाभ दिलाउला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्तिको योग रहे पनि निकट सहयोगीहरूबाट धोका पाइने सम्भावना रहेकोले सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्ला । शत्रुमाथि विजयको योग छ ।
मकर
लाभ हुने काम प्रारम्भ गर्ने समय छ तर विशेष कार्यको योजनामा हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कार्यको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुने देखिन्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण हितकारी सावित हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजताको अनुभूति होला । यात्रा सफल रहने छ ।
कुम्भ
रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम प्राप्तिको समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादनको क्षमता बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । आत्मविश्वास बढ्नेछ, तर अनावश्यक वादविवादमा परिने सम्भावना रहेकाले विशेष सजगताको खाँचो छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने दिन छ । तर, फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारी साथ काम लिनु पर्ने देखिन्छ । कृषिकर्म र व्यावसायिक कामबाट फाइदा हुनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ला । व्यापारमा राम्रै फाइदा हुनेछ । आय वृद्धि हुनेछ । आफन्त एवम् मित्रजनको साथ सहयोग रहला । विलासको भाव जागृत हुने समय छ ।