प्रिसेसनमा झिनो अंकको बृद्धि, कस्तो रहला आजको कारोबार ?-Sutra News

प्रिसेसनमा झिनो अंकको बृद्धि, कस्तो रहला आजको कारोबार ?

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । ०.७१ अंकले बढ्दै नेप्से २७३५.६५ को बिन्दुमा उक्लिएको छ ।



यो सेसनमा विशेषगरी जलविद्युत कम्पनीको कारोबार भयो । कारोबारमा आएका ४० कम्पनीमध्ये १८ को मूल्य बढ्यो भने १६ को मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

यो सेसनमा ७ हजार ७५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५६ लाख ३० हजार रुपैयाँमाथिको भयो ।

यसअघि साताको अन्तिम कारोबार दिन नेप्से १५.९३ को अंकले घटेको थियो । नेप्से २७३४.९३ को बिन्दुमा ओर्लिएको थियो ।

गएको साता पाँच कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने २ दिन बढेको थियो । आजको प्रिसेसनमा परिसूचकमा भएको बृद्धि र कारोबारमा खास उत्साह देखाएको छैन । प्रिसेसनले बजार उत्साहपूर्ण रहने देखाउँदैन । यद्यपि, साताको पहिलो कारोबार दिन भएको कारण बजार यसरी नै जान्न भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट