सहकारी ठगी प्रकरण: विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी-Sutra News

सहकारी ठगी प्रकरण: विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडाैं । सहकारी ठगी प्रकरणमा माओवादी केन्द्रका नेता दीपेश पुनकी पत्नि सविना आलेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेकाे आरोपमा पुनकी पत्नि सविना आलेविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।



आले मगरलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिएका छन् ।

आले मगर कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौं प्रहरीले रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिसकेकाे छ ।

स्वयम् पुन पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट