रविलाई थप चार दिन हिरासतमा राख्न अनुमति-Sutra News

रविलाई थप चार दिन हिरासतमा राख्न अनुमति

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।



सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो। कात्तिक २ गतेदेखि लामिछाने हिरासतमा छन्।

यसबिचमा उनीसँग सूर्यदर्शन सहकारी ठगीसँगै बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा पनि बयान लिइएको छ।

अब सानो पाइला सहकारीको ठगीमा अनुसन्धान गर्न पर्सा लैजाने तयारी छ। सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरण र संगठित अपराधमा पनि अनुसन्धान गरिरहेको प्रहरीले बढीमा पुस ६ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

लामिछानेसँगै पूर्व डीआईजी छविलाल बन्जाडे जोशी पनि हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट