उच्च अंकले घट्दै २६ सयको बिन्दुमा झर्‍यो नेप्से-Sutra News

उच्च अंकले घट्दै २६ सयको बिन्दुमा झर्‍यो नेप्से

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट भएको छ । आइतबार ४५.९३ अंकले घट्दै नेप्से २६८९ को बिन्दुमा झरेको छ ।



यसअघि बुधबार र बिहीबार दोहोरो अंकले नेप्से घटेको थियो ।

आइतबार परिसूचक उच्च अंकले घट्दै गर्दा सबै समूहको सूचक घट्यो । सबैभन्दा धेरै जीवन बिमाको सूचक ३.०७ अंकले घट्दा सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूहको सूचक ०.३४ प्रतिशतले घट्यो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २१४ को मूल्य घट्यो भने २७ को मूल्य बढ्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

उच्च गिरावटका बिच ४ कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने एक कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । केही सातादेखि नै ८ अर्बमाथि भइरहेको कारोबार ७ अर्बमा सीमित भएको छ । आइतबार १ करोड ७३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४६ करोडमा सीमित भयो ।

आइतबारको गिरावटले नेप्सेमा निराशाको संकेत गरेको छ । नेप्सेले पुरानै गति लिन्छ कि भन्ने अपेक्षाका बिच भएको उच्च गिरावटले फेरि नेप्से ओरालो यात्रामा त लागेको होइन भन्ने प्रश्न उब्जाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट