सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फूड कोर्टमा आकर्षक छुट-Sutra News

सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फूड कोर्टमा आकर्षक छुट

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौं । सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रा. लि (काठमाडौँ, कमलपोखरी) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।



सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिटी सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सो समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट