शिखर धवनले किन बिचैमा छाडे एनपीएल ?-Sutra News

शिखर धवनले किन बिचैमा छाडे एनपीएल ?

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय क्रिकेटर शिखर धवन आज स्वदेश फर्किएका छन् । फर्किनुअघि उनी आजै एभरेस्ट बेस क्याम्प घुम्न निस्किएका थिए ।



शिखर आवद्ध कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेसँग उनी मनाङ एयरको हेलिकोप्टरमा बेसक्याम्प गएका थिए । त्यहाँ उनले केही घन्टा बिताएर तस्विरहरु खिचे । फर्किएर होटलमा आएपछि धवनलाई फ्रेन्चाइजले औपचारिक विदाइ गरेको थियो ।

बेलुकी ५ः३० बजे एयर इन्डियाको उडानबाट धवन भारत गएका छन् । उनले एनपीएलका चारवटा म्याच खेले । एनपीएलमा सहभागी उनी सबैभन्दा चर्चित विदेशी अनुहार थिए ।

यही ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर भारत फर्किएका हुन् । एनपीएलको पहिलो संस्करणमा जोडिएका सबैभन्दा चर्चित तथा महंगा अन्तर्राष्ट्रिय क्रिकेटर थिए धवन । प्रत्येक खेलका लागि ३० हजार डलर लिने गरी चार खेलको लागि उनले कर्णालीसँग सम्झैता गरेका थिए । तर, उनले अपेक्षाकृत प्रदर्शन भने गर्न सकेनन् ।

एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए । उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए । ४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट