काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले घटेको छ । नेप्से १.२५ अंकले घट्दै २६८७.७४ को बिन्दुमा ओर्लिएको छ ।
परिसूचक घट्दै गर्दा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घट्यो । कारोबारमा आएका ४४ कम्पनीमध्ये १५ को मूल्य बढ्दा २३ को मूल्य घट्यो । ६ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
प्रिसेसनमा ४ हजार ६४४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४२ लाख १६ लाख रुपैयाँमा सीमित रहन पुग्यो । जुन केही कारोबार दिनयताकै कम हो ।
यसअघि आइतबार नेप्से ४५.९३ अंकले घट्दै २६८९ को बिन्दुमा ओर्लिएको थियो । सँगै नेप्सेमा कारोबार रकम पनि घटेको थियो ।
नेप्सेमा निरन्तर गिरावट चल्दै गर्दा लगानीकर्ता निराश देखिन्छन् । जसको प्रभाव प्रिसेसनमा पनि परेको हो ।