काठमाडाैं । हिमालयन डिस्टिलरीले लाभांश घाेषणा गरेकाे छ ।
मंसिर २३ गते बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफा समेतबाट कम्पनीको हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले साधारण सभार बुक क्लोजको मिति समेत तय गरेको छ । उक्त बैठकले कम्पनीको २४ औं साधारण सभा पुस २८ गते विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको प्रस्तावित लाभांशका साथै अन्य वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।