काठमाडौँ । मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को व्यस्त खेल तालिकामा आज कुनै खेल छैनन् ।
एनपीएलका कूल ३२ खेलमध्ये आइतबारसम्म १५ खेल सकिँदा लिग चरणको मध्यान्तरबाट अगाडि बढेको छ । अहिलेसम्मको प्रदर्शनमा अनिल साह नेतृत्वको जनकपुर बोल्ट्सले चार खेल खेलेर शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको छ ।
दीपेन्द्र सिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्स र कुशल मल्ल नेतृत्वको चितवन राइनोजले चार खेलमध्ये तीन खेलमा जित निकालेर समान ६ अंकसहित अंक तालिकामा क्रमशः दोस्रो र तेस्रो स्थान छ ।
भारतीय चर्चित खेलाडी शेखर धवन सम्मिलित सोमपाल कामी नेतृत्वको कर्णाली याक्सले २ जित र २ हारसहित चार अंकका साथ चौथो स्थानमा रहँदा कुशल भुर्तेल नेतृत्वको पोखरा एभेन्जर्स र करण केसी नेतृत्वको काठमाडौ गुर्खाजले ३ खेलमा एक जित र दुई हार बेहोर्दै अंक तालिकाको पाँचौ र छैटौं स्थान छ ।
प्रभावशाली खेलाडी सन्दीप लामिछानेको टोलीले ४ खेलमा ३ हार र एक जित निकालेको छ । उनी नेतृत्वको विराटनगर किंग्स २ अंकसहित सातौं स्थानमा रहँदा खेलेको सबै खेल हार्दै नेपाली राष्ट्रिय टोलीका नियमित कप्तान रोहित पौडेलको टोली अंकविहीन बनेको छ । उनी नेतृत्वको लुम्बिनी लायन्स अन्तिम स्थानमा रहँदै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।
एनपीएलमा उपाधी दाबेदार टोलीका रूपमा हेरिएका रोहितको नेतृत्वको लुम्बिनी लायन्स र सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्सले अन्तिम चारको संघारमा छ ।
यता, अनिल साह नेतृत्वको जनकपुरको अपराजित नतिजा पनि रोचक छ । उपाधिको दाबेदार मानिएको कर्णालीले पनि सुरुवाती दुई खेल गुमाएर दबाबमा छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रथम संस्करणको एनपीएलमा लुम्बिनी र विराटनगर प्ले अफ दौडबाट लगभग बाहिरिसकेको छ । यता, बाँकी ६ टोलीमध्ये कसले उपाधि जित्ने छ ? भन्ने कुरा बाँकी खेलले देखाउने छ ।