काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका बारेमा थप बुझ्नका लागि राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ ।
रास्वपाका सभापति लामिछानेलाई गएको बुधबार चितवनबाट रातारात पोखरा पुर्याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका विषयमा सोधपुछ गर्न आईजीपी कुँवरलाई बोलाइएको आयोगकी सदस्य डा. लिली थापाले जानकारी दिइन् ।
आईजीपी कुँवरलाई आजै आयोगमा बोलाइएको उनले बताइन् ।