आज मिति २०८१ मंसिर २५ गते मंगलबार । सन् २०२४ डिसेम्बर १० ताखिर । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
प्रतिस्पर्धामा केही कमजोर सावित भइने समय छ । आफन्तजन टाढिन सक्छन् । प्रयत्न गर्दा वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिने छ । अग्रजको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन आर्जनको दृष्टिले चाहिँ राम्रो दिन छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आर्थिक काम बन्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला । शारीरिक आरोग्यता रहनेछ ।
बृष
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । समय लागे पनि चिताएअनुसार कार्य सम्पादन हुनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । परिवारजनको सहयोग लिँदा अझ राम्रो हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आर्थिक सफलताले सुख मिल्ने योग छ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मिथुन
आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । बोली र व्यवहारमा सजगता अपनाउनु बुद्धिमानी सावित हुनेछ । काममा स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । लाभदायी काम प्रारम्भ हुनसक्ने योग छ । साझेदारीमा पनि राम्रै फाइदा हुने देखिन्छ । भाग्यबल बढ्नाले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम वृद्धि होला । प्रतिष्पर्धी परास्त हुनेछन् ।
कर्कट
दौडधुप बढ्नेछ । आलस्यका कारण अवसर गुम्न सक्ने सम्भावना रहेकोले आफूलाई चुस्तदुरुस्त राख्न विशेष प्रयत्न गर्नुपर्ने समय छ । अति आवश्यक अवस्थाबाहेक आजको दिन आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना रहेको छ भने नसोचेको ठाउँमा खर्च हुने योग छ, सजग रही व्यवहार गर्नुहोला । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।
सिंह
बिनाप्रतिस्पर्धा लाभ प्राप्त हुनसक्ने समय रहेपनि अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा रोकावट आउने योग छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ, समय चिनेर लाभ उठाउने विशेष प्रयत्न गर्नुहोला । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । आफन्तमिलनले सुख प्रदान गर्नेछ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या
अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । धनलाभको योग छ । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साहस र सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्त एवम् मित्रजनको सहयोग प्राप्त होला । मान महत्व वृद्धि र समस्याको समाधान मिल्नेछ ।
तुला
आजको दिन आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ । व्यवसायमा लगानी बढाउनुपर्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । तथापि, आँटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा पर्नसक्ने योगका बाबजुद मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । आरोग्यबल बढ्नेछ ।
बृश्चिक
व्यस्तता बढ्नेछ । आजको दिन पठनपाठन तथा बौद्धिक अभ्यासमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउला । समयमा काम पूरा नहुनाले अवसर गुम्नसक्ने योग छ । जिम्मेवारी बढिरहन सक्छ तर सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । तथापि, साहसिक काममा आकर्षण बढ्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएर मात्र व्यवहार गर्नु उचित होला ।
धनु
आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । भेटघाटको अलमलले नोक्सानमा पार्नसक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्ने योग छ, ध्यान राख्नुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेम सम्बन्धमा रोमाञ्चक मोड आउन सक्छ । सबल स्वास्थ्यका लागि भने विशेष सजगता अपनाउनु उचित हुनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ
गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि रहनेछ । अप्रत्याशित लाभको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । स्वास्थ्य सबल रहनेछ । सामर्थ्य वृद्धि हुनेछ । मनोकुल काम बन्नेछ ।
मीन
बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । सुख विलास बढ्नेछ भने समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । तथापि, अनावश्यक झमेलाको योग पनि रहेकोले त्यस्तो परिस्थितिबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर हुनेछ ।