रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ घाइते (नामसहित)-Sutra News

रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ घाइते (नामसहित)

मंगलबार, २५ मंसिर २०८१

मंगलबार, २५ मंसिर २०८१

काठमाडाैं । रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँचजना घाइते भएका छन्।



पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार-लमाहा सडक खण्डमा गएराति सवार १ बजे बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय राैतहटका डिएसपी दीपककुमार रायले जानकारी दिए।

उनका अनुसार मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका-४स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा दुर्घटना भएकाे थियाे ।

प्रारम्भिक अनुसन्धानमा स्कार्पिओ अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको पाइएकाे बताइएकाे छ ।

घटनामा परी सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

त्यस्तै, घटनामा ५० वर्षीय गाडी चालक श्रीकुमार यादवको पनि मृत्यु भएको जनाइएकाे छ ।

प्रहरीले जनाएअनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाएको छ। गम्भीर घाइते ६० वर्षीया कन्या देवि महराको थप उपचारका लागि बयोधा अस्पताल वीरगंज रिफर गरिएकाे प्रहरीले जनाएकाे छ ।

मृतकहरूको शव अहिले चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको छ।

दुर्घटनामा परेकाे स्कार्पिओ बाराको गढिमाई मेलाबाट सिराहा फर्किंदै गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट