काठमाडौँ । संघीय निजामती कमचारी ऐन संशोधनका लागि परेको विधेयकमाथि छलफल सुरु भएको छ ।
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आइतबारबाट संशोधन कर्ता माननीयसँग राज्य व्यवस्था समितिमा छलफल सुरु भएको बताए ।
उनले भने, “आजसम्म सात जनासँग छलफल भइसकेको छ, एक हजार ५८३ वटा संशोधन परेको छ, सबै विषयमा नियमित छलफल हुन्छ ।”
आगामी अधिवेशनमा ऐन संशोधनका लागि संसद्मा पेस गर्ने गरी सरकारले काम गरेको उनको भनाइ थियो । यसले गर्दा कर्मचारीको मनोबल बढ्ने र वृत्ति विकासमा सहयोग पुग्ने भएको छ ।