पर्सामा रवि र छविको बयान सुरु-Sutra News

पर्सामा रवि र छविको बयान सुरु

मंगलबार, २५ मंसिर २०८१

मंगलबार, २५ मंसिर २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिन सरकारी वकिल कार्यालय पर्सामा सुरु गरिएको छ । पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु गरिएको हो ।



मंगलबार बिहानैदेखि उनीहरूसँग बयान लिइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार (हिजो) काठमाडौं हुँदै विमानमार्फत बाराको सिमरा र त्यहाँबाट गाडीमा पर्सा लगिएको थियो । जोशीलाई भने सडकमार्ग हुँदै पर्सा पुर्‍याइएको थियो ।

सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध यही मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सानोपाइला सहकारीको करिब ९२ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट