बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा कर्णाली विजयी, पोखरालाई थपियो चुनौती-Sutra News

बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा कर्णाली विजयी, पोखरालाई थपियो चुनौती

मंगलबार, २५ मंसिर २०८१

मंगलबार, २५ मंसिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को एकै खेलमा ६ विकेट लिँदै अष्ट्रेलियन बलर विलियम बोसिस्टोले कीर्तिमान बनाउँदा कर्णाली याक्स विजयी भएको छ ।



मंगलबार सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले १०३ रन बनाउन सक्यो । बोसिस्टोले घातक बलिङ गरेसँगै कर्णालीले तेस्रो जित निकालेको हो ।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । कर्णालीका लागि गुल्सन झाले अविजित रहँदै ४९ रन बनाउँदा चाडविक वाल्टनले ४२ रन योगदान दिए । यता, बोसिस्टो २ रनमा अविजित रहे ।

ओपनिङमा आएका बाबर हायत ७ रनमा बउट हुँदा देव खनालले खाता खोलेनन् । बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमा १०३ रन बनाउँदै अलआउट भएको थियो । पोखरालाई रोक्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिएका हुन् ।

कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले समान एक-एक विकेट लिए ।

पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०-१० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार