यस्ताे छ बीआरआई फ्रेमवर्क सम्झाैता (पूर्णपाठसहित)-Sutra News

यस्ताे छ बीआरआई फ्रेमवर्क सम्झाैता (पूर्णपाठसहित)

मंगलबार, २५ मंसिर २०८१

मंगलबार, २५ मंसिर २०८१

काठमाडौं । नेपाल–चीनबीच डिसेम्बर ४ मा बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत पूर्णपाठ सार्वजनिक गरेकाे हाे ।



६ बुँदे फ्रेमवर्ककाे पहिलो बुँदामा विस्तृत पृष्ठभूमि उल्लेख छ । जसमा बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत समेटिएकाे छ ।

फ्रेमवर्क अन्तर्गत १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन् । जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना (नेपालतर्फ) र अमरगढी सिटी हल परियोजना रहेका छन् ।

अहिले चर्चा रहेकाे ‘ग्रान्ट’ (अनुदान) भन्ने शब्द समग्र पूर्णपाठमा भने कहिँ कतै समेटिएकाे छैन । जसकाे अर्थ सम्झाैता अनुदान केन्द्रित मात्रै छैन ।

फ्रेमवर्कमा दुवै देशले प्राविधिक, वित्तीय, व्यावसायिक र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ विश्लेषण गरेर प्राथमिकतामा परेका आयोजनाहरूको लागि बजेट छुट्ट्याउने उल्लेख छ । त्यस्तै दुवै पक्षले अन्तर्राष्ट्रिय बहुपक्षीय वित्तीय विकास संस्था वा संयन्त्रलाई कनेक्टिभिटी र विकास प्रवर्द्धन गर्न थप आर्थिक सहयोग उपलब्ध गराउन आह्वान गर्न सक्ने पनि उल्लेख गरिएको छ ।

हस्ताक्षर भएकाे एक सातासम्म पनि सार्वजनिक नहुँदा आन्तरिक र बाह्यरूपमा चासाे बढेकाे थियाे । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सार्वजनिकरूपमै प्रश्न उठाएका थिए ।

सम्झाैताकाे भाषा अस्पष्ट भइरहँदा सम्झाैतापछि सत्तारूढ कांग्रेसले अनुदान बाहेकका कार्यक्रम स्वीकार नगर्ने बताएकाे छ ।

यस्ताे छ सम्झाैताकाे पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट