काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित पार्ने काम भइरहेको बताएका छन् ।
मंगलबार सुर्खेतमा गृहमन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको भन्दै अनुसन्धानलाई प्रभावित पार्न खोजिएको दाबी गरेका हुन् ।
उनले सबैको मानव अधिकारको प्रश्नमा सरकार गम्भीर रहेको बताए । लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्षी दलका नेताले आफ्नो धारणा राख्नु दुर्भाग्यपूर्ण भएको बताए ।
यस्तै, उनले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम ठिक नहुने धारणा राखे ।