काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।
सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिँदा सैफ अली जैबले २१ बलमा २१ रन बनाए । त्यसपछि आएका सुदूरपश्चिमका हर्मित सिंह १, ब्रान्डन म्याकमुलेन ११, स्कट कुगेलेइन आरिफ शेख ६, नरेन साउद ३, कप्तान दीपेन्द्र सिंह ऐरी ०, इशान पाण्डे १७ रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढाएर ९ रनमा अविजित रहे ।
बलिङतर्फ किशोर महत्तोले ४, अरनिको यादव र शेर मल्लले २–२ विकेट लिए । क्यानडाका हर्ष थाकरले एक विकेट लिएका थिए । जनकपुरले यो खेलमा जित निकाले २ खेलअगावै प्लेअफमा जाने छ ।