काठमाडौँ । पछिल्लो दुई कारोबार दिनमा नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ४ हजार १०० रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन २१ सयले बढेको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन स्थानीय बजारमा एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बाटोमा रहेको चीनले आक्रमक सुनको खरिद बढाउँदा सुनको मूल्य बढेको हो ।