काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । अपराजित यात्रामा रहेको जनकपुर बोल्ट्सलाई अलआउट गर्दै सुदूरपश्चिमले ७२ रनको जित निकालेको हो ।
जम्मा १२४ रनको लक्ष्य पाएको जनकपुरले १२.१ ओभर खेल्दै जम्मा ५१ रन बनाएर अलआउट भएको हो । सुदूरपश्चिमको जितका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल बनाएको थियो ।
जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यता, सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् ।
सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारे भने हर्ष ठाकरले एक विकेट लिए ।