फेरि २७ सयको बिन्दुमा फर्कियो नेप्से-Sutra News

फेरि २७ सयको बिन्दुमा फर्कियो नेप्से

बुधबार, २६ मंसिर २०८१

बुधबार, २६ मंसिर २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । लगातार ५ कारोबार दिनको गिरावटसँगै २६ सयको फर्किएको नेप्से बुधबारको बृद्धिसँगै पुनः २७ को बिन्दुमा फर्किएको छ ।



बुधबार ४५.८८ अंकले बढ्दै नेप्से २७१५.७१ को बिन्दुमा उक्लियो । समग्रमा बुधबार १.७१ प्रतिशतले नेप्से बढेको छ ।

आज सबैभन्दा बढी बैंकिङ्ग समूहको इन्डेक्स ३.४३ प्रतिशतले बढ्यो । सामूहिक लगानीको इन्डेक्समा सामान्य करेक्सन आउँदा बाँकी सबै समूहको इन्डेक्समा सुधार आयो ।

आज कारोबारमा आएका २४३ कम्पनीमध्ये २११ को मूल्य बढ्यो । २३ को मूल्यमा गिरावट हुँदा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

सूचकमा उच्च अंकको बृद्धि हुँदा सोमबार कारोबार रकममा पनि सुधार आयो । १ करोड १३ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ५ करोड रुपैयाँको भयो ।

यसअघि निरन्तरको गिरावटका बिच नेप्सेमा कारोबार रकममा पनि भारी गिरावट आएको थियो ।

विशेषगरी बैंकहरुको उत्साहित बनाउने रिपोर्ट सार्वजनिक भएसँगै लगानीकर्ता प्रोत्साहित भएको देखिन्छ । जसको प्रभाव स्वरुप नै बैंकिङ्ग समूह उचालिएको हो । जसले समग्र नेप्सेलाई बढाउन भूमिका खेलेको पाइन्छ ।

लगानीकर्ताले आजको कारोबारलाई उत्साह जगाउने कारोबारको रुपमा लिएका छन् । जसले आगामी दिनसमेत निरन्तरता पाउन सक्ने अपेक्षा लगानीकर्ताहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट