दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश-Sutra News

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

बिहिबार, २७ मंसिर २०८१

बिहिबार, २७ मंसिर २०८१

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।



काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनलाई पक्राउ गरेको थियो । उनीमाथि साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसमा उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट