आज मिथुन, कन्या र धनु राशीलाई लाभैलाभ, अरू राशीको अवस्था कस्तो ?-Sutra News

आज मिथुन, कन्या र धनु राशीलाई लाभैलाभ, अरू राशीको अवस्था कस्तो ?

शुक्रबार, २८ मंसिर २०८१

शुक्रबार, २८ मंसिर २०८१

आज मिति २०८१ मंसिर २८ गते शुक्रबार । सन् २०२४ डिसेम्बर १३ तारिख । नेपाल सम्बत ११४५ थिंलाथ्व त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दैनिक कामकाज सजिलै सम्पन्न हुने तथा रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । नयाँ जिम्मेवारी मिल्ने योग छ । ब्यापार ब्यवसायबाट फाइदा मिल्ला । खेतीपातीको कामबाट पनि राम्रो लाभ लिन सकिन्छ । काममा सहयोगीे एवम् साथीभाइहरुले साथ दिनेछन् । खर्च केही बढ्नेछ तर अनुकूलता पनि वृद्धि हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।

बृष

उत्साहवर्द्धक समय छ, काम गर्न जाँगर चल्नेछ । प्रशंम्सा गर्नेहरु बढ्नेछन् भने बोली व्यक्तित्वको प्रभाव बढ्नेछ । ब्यापारबाट प्रशस्त फाइदा हुने देखिन्छ, व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । धनलाभ पनि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ । समग्रमा आजको दिन रमाइलो साथ बित्ने देखिन्छ ।

मिथुन

भाग्यबल बढ्ने र धर्मकर्ममा आकर्षण रहने समय छ । विशेष कार्यमा आफन्तजनको सहयोग प्राप्त हुनेछ । नयाँ कामको अवसर आए पनि विचार गरेर मात्र सुरु गर्नु उचित होला । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । यात्राको पनि सम्भावना छ र, यात्रागत कार्य सफल रहला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट

आजको दिन काम गर्नमा खासै मन नजाला । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने सम्भावना छ । स्वास्थ्यगत कमजोरीले सताउन सक्छ, सजग रहनुहोला । घरायसी समस्याको पीडाले मनमा डेरा जमाउन सक्छ । दौडधुपका साथै कार्यमा जोखिम बढ्नेछ, तथापि मित्रजनको सहयोग प्राप्त हुनेछ । प्रतिकुलत परिस्थितिका बाबजुद खेलकुद एवम् रसरागात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ ।

सिंह

आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पूरा नहुन सक्छ । सहयोगीजनबाट आशाअनुसारको सहयोग नमिल्ने र मित्रहरू पनि रुष्ट हुनसक्ने समय छ । काममा कठिनाइ सहनुपर्ला, होसीयारीको दरकार छ । यातायातका साधन प्रयोगमा पनि आज विशेष सजगता अपनाउनु हितकर होला । बौद्धिक तथा रचनात्मक कार्य भने बन्ने योग छ । दाम्पत्यसुख मिल्नेछ ।

कन्या

रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुनसक्छ । सहयोगीहरूले काममा साथ दिनेछन् र, अनौठो तरिकाबाट रुपैयाँपैसा हातपर्न सक्छ । परिवारमा भने केही चिसोपन जागृत हुनसक्ने सम्भावना छ, सचेत रही व्यवहार गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ भने कार्यगति बढ्ने योग छ ।

तुला

आर्थिक लाभ हुने दिन छ, व्यापार९व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहनेछ । सेयरबजारसम्बन्धी कार्यमा पनि सफलता मिल्ने योग छ । पुराना साथीभाइसँग पनि भेट होला, मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुने देखिन्छ । प्रेमभाव वृद्धि र सुख पनि बढ्नेछ । आरोग्यबल रहला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक

व्यस्तता बढ्ने छ र आजको दिन केही प्रतिकुल रहने देखिन्छ । आफ्नै कमजोरीले वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनुहोला । अनायसै रुपैयापैसाको पनि क्षति हुनसक्ने समय छ । मनमा पीडाले घर गर्ने सम्भावना छ । परिवारजनमा असमझदारी बढ्ने तथा मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्ने योग रहेकोले विशेष होसियारी अपनाएर व्यवहार गर्नु उचित हुनेछ । प्रतिष्पर्धीहरु भारी पर्न सक्छन्, ध्यान राख्नुहोला ।

धनु

व्यस्तता बढ्नेछ तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने मानसम्मान पनि पाइएला । व्यवहारकै आधारमा धेरैको मन लोभ्याउन सकिनेछ । ब्यापार–व्यवसायमा लाभ मिले पनि नोकरीमा झमेलाको सामना गनुपर्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

आजको दिन सोचेको काम बन्नाले मन हर्षित हुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान्यजनको आगमका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला । सुखको अनुभुति हुनेछ । आज सन्तानपक्षबाट पनि सुखको समाचार सुन्न पाइएला । पराक्रम बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि होला । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदायी रहने छन् । कुनै नयाँ कामको स्रोत फेला पर्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि सामानय गडबडीको संकेत गर्दैछ, खानपिनमा विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षति हुने योग परेको छ । आज सोच्दै नसोचेको ठाउमा धन जाँदैछ, होसियार रहनुहोला । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट