काठमाडौँ । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी आज बिहान आइपुगेका हुन् । क्यान पदाधिकारी उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न उनी नेपाल आइपुगेका हुन् । वेस्ट इण्डिजका क्रिकेटर लारा टेस्ट क्रिकेटमा सर्वाधिक चर्चित छन् ।
टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट चार सय रन बनाउने उनी एक्ला खेलाडी हुन् । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाउन सफल भएका छन् ।