आरबीआईलाई बमले उडाउने धम्की !-Sutra News

आरबीआईलाई बमले उडाउने धम्की !

शुक्रबार, २८ मंसिर २०८१

शुक्रबार, २८ मंसिर २०८१

काठमाडाैं । भारतीय रिजर्भ बैंकमा बमको धम्की आएको छ । भारतीय रिजर्व बैंकको आधिकारिक वेबसाइटमा बिहीबार (१२ डिसेम्बर २०२४) दिउँसो एउटा धम्कीपूर्ण इमेल आएकाे हाे ।



यो इमेल रूसी भाषामा पठाइएको थियो र जसमा रिजर्व बैंकलाई बमले उडाउने धम्की दिइएकाे थियो। यस मामिलामा अनुसन्धान थालिएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।

गत महिना पनि यस्तै मामला बाहिर आएको थियो । भारतीय रिजर्व बैंकको ग्राहक सेवा नम्बरमा कल गरी एक व्यक्तिले आफूलाई लश्कर-ए-तैयबाको सीईओको रूपमा चिनाएका थिए। उनले केन्द्रीय बैंकलाई बमले उडाउने धम्की समेत दिएका थिए ।

धम्की दिने व्यक्तिले पछाडिको बाटो बन्द गर, विद्युतीय गाडी बिग्रिएको भन्दै फोन राखेका थिए ।

विगत केही समयदेखि भारतमा विमान र विद्यालयमा बम बिष्फोट गराउने धम्कीका धेरै कल र मेलहरू आइरहेका छन्। आज अर्थात् १३ डिसेम्बरमा दिल्लीका तीन विद्यालयमा बमको धम्की आएको पत्र प्राप्त भएपछि विभिन्न एजेन्सीहरूले विद्यालय परिसरमा खोजी गर्न थालेका छन् ।

विद्यालय प्रशासनले अभिभावकलाई सन्देश पठाएर आफ्ना बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ ।

यसअघि ९ डिसेम्बर २०२४ मा दिल्लीका कम्तीमा ४४ विद्यालयले यस्तै इमेल प्राप्त गरेका थिए। अनुसन्धानपछि प्रहरीले ती धम्कीलाई अफवाह भएको बताएको छ । एबिपीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट