‘पुष्पा २’ ताड्यो सबै हिन्दी फिल्मका रेकर्ड-Sutra News

‘पुष्पा २’ ताड्यो सबै हिन्दी फिल्मका रेकर्ड

शुक्रबार, २८ मंसिर २०८१

शुक्रबार, २८ मंसिर २०८१

काठमाडाैं । यतिबेला साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना आफ्नो बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रुल’ले एकपछि अर्काे रेकर्ड बनाइरहेकाे छ । डिसेम्बर ५ मा हलमा रिलिज भएको यो फिल्मले ७ दिनमै सबै हिसाबले नयाँ कीर्तिमान बनाएको हाे ।



फिल्मले एक सातामै १००० करोडको आँकडा पार गरेको छ । यसअघि यो कीर्तिमान २०१७ मा प्रभासको फिल्म ‘बाहुबली २’ले बनाएको थियो, जसले १० दिनमै १००० करोडको आँकडा पार गरेको थियो । तर, आठौं दिनमा पनि ‘पुष्पा २’को बम्पर कमाई रोकिएको छैन ।

फिल्मले रिलिजको पहिलो दिनमै धेरै ठूला फिल्मको कीर्तिमान तोडेको थियाे । तर, सातौं दिनमा फिल्मले इतिहास रचेको छ र छोटो समयमै यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

यो फिल्मले विश्व बक्स अफिसमा मात्र ७ दिनमा १००० करोडको आँकडा पार गरेको छ, जुन ठूलो रेकर्ड हो । यति मात्र होइन, यसका बाबजुद पनि फिल्मको कमाईमा खासै परिवर्तन आएको छैन ।

यो फिल्मले सबै भाषामा पहिलो दिन १६४.२५ करोड कमाएर बक्स अफिसमा डेब्यू गरेको थियो। फिल्मले दोस्रो दिन ९३.८ करोड, तेस्रो दिन ११९.२५ करोड, चौथो दिन १४१.०५ करोड, पाँचौं दिन ६४.४५ करोड, छैटौं दिन ५१.५५ करोड, सातौं दिन ४३.३५ करोड कमाएको छ ।

फिल्मको कुल बजेट ६८७ करोड भारु थियो ।

यदि आठौं दिनको कमाईको कुरा गर्ने हो भने, फिल्मले ३७.९ करोड कमाएको छ । जसअनुसार आठौं दिन फिल्मको कुल कलेक्सन भारतमा ७२६.३२ करोड र विश्वभर १०६२ करोड छ ।

यो फिल्म २०२४ को सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ।

यसले शाहरुख खानको ‘जवान’ र ‘पठान’, रणवीर कपूरको ‘एनिमल’, सनी देओलको ‘गदर २’, प्रभासको ‘बाहुबली २’, रामचरण-जुनियर एनटीआरको ‘आरआरआर’, यशको ‘केजीएफ २’काे रेकर्डहरू ताेडेकाे छ ।

‘पुष्पा २: द रुल’, सुकुमार द्वारा निर्देशित, एक तेलुगु एक्शन ड्रामा फिल्म हो, जुन २०२१ को ‘पुष्पा’ को सिक्वेल हो, जसको कथा पहिलो फिल्मको अन्त्य जहाँबाट सुरु हुन्छ।

फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना, फहद फासिलका अलावा जगपति बाबु, धनंजय, राव रमेश, सुनील र अनसूया भारद्वाज जस्ता कलाकारहरू मुख्य भूमिकामा छन्। फिल्मको कथा पुष्पराजको हो, जो रातो चन्दनको तस्कर हो र पछि यो व्यवसायको मुकुटहीन राजा बन्न पुग्छ, जो धेरै दुश्मन पनि बन्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट