काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले १२९ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।
बलिङतर्फ लुम्बिनीका लागि एनपीलएमा डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए । एनपीएलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिन सफल भएका हुन् ।
जारी एनपीएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो ।
कर्णाली याक्सको यो छैटौँ खेल हो । यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ ।
–