काठमाडौँ । नेपाली बजारमा अन्तिम कारोबारको दिन आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । बिहीबार स्थिर भएको सुनको मूल्य आज गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीमा गिरावट आएको छ । योसँगै आज एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।