काठमाडौँ । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो ।
दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो । यसको कारणबारे अझै अनुसन्धान भइरहेको छ । प्रहरी अधिक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए ।
टाइम्स अफ इण्डियाका अनुसार आगो भुइँ तलाको रिसेप्शन क्षेत्रमा सुरु भएको थियो ।