काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।
ब्रिजवाटर कलेजद्वारा आज आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा शब्द आफैँमा गुणस्तरीय भएको बताए ।
शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान भएको उल्लेख गर्दै मन्त्री पौडेलले गुणस्तरीय नभनीकनै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनु पर्ने बताए । राष्ट्रिय स्रोतलाई सुनिश्चित बनाउने गरी सबै क्षेत्रले काम गर्नु पर्ने भनाइ पनि उनको थियो ।
कार्यक्रममा मन्त्री पौडेलले पत्रकार दिलभूषण पाठकलाई सम्मान गरेका थिए । पाठक खोतल्न सक्ने र लोभ नभएको पत्रकारिता क्षेत्रको व्यक्तित्व भएकाले पछ्याउनु पर्ने उनको भनाइ थियो ।