माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने-Sutra News

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने

शुक्रबार, २८ मंसिर २०८१

शुक्रबार, २८ मंसिर २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति बैठक पुस २१ मा बोलाउने निर्णय भएको बताए ।



उनले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पुस १८ देखि २० गतेसम्म स्थायी कमिटी बैठक पनि बस्ने बताएका छन्। मंसिर मसान्तभित्र खबरदारी सभा र पालिका सम्मेलन गर्ने भने पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको उनले बताए। शुक्रबारको स्थायी कमिटी बैठकमा मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनबारे समीक्षा पनि भएको उनले बताए।

४४ स्थानका लागि भएको उपनिर्वाचनमा माओवादीले ११ स्थान जितेको थियो। उपनिर्वाचनको परिणामले पार्टीलाई सत्तातिर नभई जनतातिर केन्द्रित रहन सन्देश दिएको पनि सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट